विश्वभर २,५३,८३,९९३ जना कोरोना संक्रमित : १,७७,६,६,६७ जना निको भए


काठमाडौँ, १५ भदौ । विश्वभर १ करोड ७७ लाख भन्दा बढी मानिसले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । वल्र्डओमिटरका अनुसार २ करोड ५३ लाख ८३ हजार ९९३ कोरोना संक्रमितमा १ करोड ७७ लाख ६ हजार ६ सय ६७ निको भएका छन् ।

पछिल्लो २द्ध घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५० हजार ५ सय ८८ पुगेको छ । विश्वमा बढी कोरोनाको संक्रमणबाट प्रभावित दुई देश अमेरिका र ब्राजिलको कोरोना अपडेट हेर्ने हो भने अमेरिकामा ६१ लाख ७३ हजार २ सय ३६ जना संक्रमितमा ३४ लाख २५ हजार ७ सय २३ जना निको भएका छन् । १ लाख ८७ हजार २ सय ४४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३८ लाख ६३ हजार ३ सय ११ संक्रमित भएका छन् भने ३० लाख १ हजार ५ सय ५९ जना निको भएका छन् । १ लाख २० हजार ८ सय ९६ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्