ज्वरो आएको कारण अस्पतालमा उपचार पाएनन्


बेलबारी, १२ भदौ । विराटनगरको विराट नर्सिङ होमले ज्वरोको कारण बेलबारी नगरपालिकाका एक जनालाई फर्काएको छ । वाड नं. ४ निवासी २७ वर्षीय पुरुषलाई ज्वरो देखिए पछि उपचार गर्न नपाएको बिरामीले बताएका छन् ।

बिरामीका अनुसार बेलबारीको लालीगुराँस एबुलेन्सबाट रातको ८ बजे उपचारको लागि विराटनगरको विराट नर्सिङ पुगेका थिए । नर्सिङ होमसँगै विराटनगरको अन्य अस्पतालले पनि भर्ना नलिएको बिरामीको गुनासो रहेको छ ।

पहुँचपुगेका स्थानीय एक व्यक्तिले फोन मार्फत आग्रह गरे पछि कोशी अस्पतालमा रातको ११ बजे भर्ना लिएको स्वयम बिरामीले बताएका छन् । उनको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ । पहुँच पुगे मात्र अस्पतालमा बिरामीले उपचार गर्न पाउने नत्र अकालमा ज्यान गुमाउनु पर्ने परिस्थिति रहेको उनको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्