मोरङ, १२ भदौ । बेलबारीमा १६ वर्षीय एक बालिकाको बलात्कार भएको घटना बाहिरिएको छ । वडा नं. ११ स्थित जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीय दलित बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको हो ।
छिमेकी ३ जना साथीसँग निगुरो टिप्न गएकी बालिकालाई धाकधम्कीमा ४० वर्षीय होम तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मंगलबार छिमेकमा रहेका ११, १२ र १३ वर्षका बालकहरूलाई लिएर निगुरो टिप्न गएकी थिइन् ।
प्रहरीका अनुसार एकै समुदायका ३ बालकलाई नियन्त्रणमा लिएर जबरजस्ती पालैपालो बालिका माथि बलात्कार गर्न लगाएर तामाङले बालकहरूको सामु नै बलात्कार गरेको खुलेको छ ।
३ बालक बालिकाको नाता सम्बन्धकी भए पनि ज्यान लिनेसम्मको धम्की दिएर बालिकामाथि बलात्कार गर्न लगाएर तामाङ आफूले बलात्कार गरेको पाइयो इलाका प्रहरी कार्यालय, बेलबारीका प्रमुख ऋषिराज ढकालले बताएका छन् ।
यस प्रकृतिको अनौठो घटना भएको कारण थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् । फरार तामाङको खोजी कार्य भइरहेको प्रहरीले बताएका छन् । डराउँदै भए पनि बालकले नै अभिभावकलाई बताए पनि घटना बारे थाहा भएको बालिकाकी आमाले जनाएकी छिन । छोरी मानसिक रूपमा सुस्त भएको कारण पछाएर बलात्कार गरे हुन सक्ने बताउँदै हतसम्मको कारबाहीको लागि माग गरेकी छिन ।
स्वास्थ्य परीक्षणका लागि उनलाई बिहीबार विराटनगरको कोशी अस्पताल लगिएको थियो । प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएको प्रहरीले जनाएको छ । भाइ–बुहारीको घरमा बस्दै आएको तामाङ बुधवार देखी फरार भएको खुलेको छ । तामाङलाई श्रीमतीले पनि केही वर्ष अगाडि नै छाडिसकेको उनको आफन्त देखी नै खुलेको छ ।