इशनाथमा स्रोत नखुलेको रु.२८ लाख ५१ हजार बरामद


रौतहट, ११ भदौ । रौतहटको इशनाथ नगरपालिकाको प्रहरीले स्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ । इशनाथ ९ लवतनामा एक युवकको साथमा प्रहरीले स्रोत नखुलेका २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ११ नम्बर गणका उपरीक्षक सूर्यबहादुरका अनुसार आउँदै गरेको बीआर ३० एन ९५८० नम्बरको भारतीय मोटरसाइकल चेक जाँच गर्ने क्रममा नेपाल भारत सिमानाबाट लवतनातर्फ आउँदै गरेका इशनाथ–९ का २० वर्षीय दिलीपकुमार साहकोसाथबाट सो रकम बरामद भएको हो ।

मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताए । पछिल्लो समय रौतहटको पश्चिमी नाका हुँदै नेपालतर्फ ल्याइएको श्रोत नखुलेका लाखौँ रकम पटक पटक प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्