१०८ कोरोना संक्रमित थपिए, ८१ जना डिस्चार्ज : प्रदेश १ अपडेट


विराटनगर, १० भदौ । प्रदेश १ मा आज १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, ते¥हथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहबीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा संक्रमण देखिएको छ । उता ते¥हथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आज सम्म ८२ हजार १०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्