बेलबारी नगरपालिकाद्वारा २५ शय्याको आइसोलेसन तयार


बेलबारी, ७ भदौ । समुदायमा स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर २ को बागदेवी सामुदायिक बन उपभोक्ता समूहको भवनमा २५ शय्याको आइसोलेसन बनाएको हो ।

लक्षण नदेखिएका संक्रमितलाई २४ घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । विभिन्न देशबाट आएकाहरूलाई ४ महिना देखी क्वारेन्टाइनमा राखिरहेको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जनाएका छन् ।

लक्षण नदेखिएका संक्रमत हरूलाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल रिफर गरिने बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी विश्वकर्माले बताए । आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेहरूलाई नगरपालिकाले खानेको समेत व्यवस्थापन गरिरहेको छ ।

आइसोलेसनमा वाईफाई तथा सिसि क्यामरा समेत जडान गरिएको छ भने २४ घण्टा नै बत्ती नजाने व्यवस्था समेत मिलाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्