कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलमा दुई जना मृत्यु


रुपन्देही, ७ भदौ । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश–५ को स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्