दक्षजनशक्ति उत्पादन गर्न बेलबारी नगरपालिकाले प्राविधिक पढाउँदै


उत्तम पोख्रेल – बेलबारी / बेलबारी नगरपालिकाले दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न क्षेत्रमा प्राविधिकहरू पढाउन थालेको छ ।

३४ जना गरिब तथा जेहेन्दार छात्रछात्राहरूलाई मनदन भन्डार स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी सँगको सहकार्यमा नगरपालिकाले विद्यार्थीहरूलाई पढाई रहेको छ ।
नगरपालिकाले सिएमए, अनमी सिभिल, सब ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि विज्ञान), कृषि डिप्लोमा (पशु विज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा इन सिभिल लगायत विषयको को पठन पाठन गराई रहेको छ ।

नगरपालिकाले शैक्षिक ऋण उपहार कार्यक्रम नै ल्याएर नगरपालिकाले पठनपाठन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्नका लागि विद्यार्थीहरूलाई लगानी गरेको ज्ञानेन्द्र सुवेदीले बताए । आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाको उज्यालो घाम बाट बचत नहुन भनेर मदान भन्डारी स्मृति प्रतिष्ठान नेपाल सँगको सहकार्यमा कोषको स्थापना गरिएको मेयर सुवेदीले बताए ।

पठनपाठनका लागी नगरपालिकाले १० लाखको कोष स्थापना गरेको छ । नगरपालिकाको सिफारिसमा पठन पाठन गर्ने विद्यार्थीहरूले कोर्स सकिए पछि प्रतिष्ठानमै काम गरेर शैक्षिक ऋण तिर्नु पर्ने छ । वडा कार्यालयले नगरपालिकालाई विद्यार्थीको पारिवारिक अवस्था शैक्षिक अवस्था सहित सिफारिस गरेपछि नगरपालिकाले मदन भन्डारी स्मृति प्रतिष्ठानलाई सिफारिस गरेर पठन पाठन गर्न पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्