बेलबारी १ मा स्थानीयद्वारा सहिद स्कुल टोल शिल (भिडियो)


वडा १ का अध्यक्ष चक्र खुलाल र सदस्य बिन्दुकला गुरुङले सहिद स्कुल टोलवासीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेका छन् । सहिद स्कुल टोल पुगेरै खुलाल र गुरुङले अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न अनुरोध गरेका हुन।

बेलबारी, १ भदै । आज (सोमबार) एकै दिनमा बेलबारी नगरपालिकाको १० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै वडा नं. १ को सहिद स्कुल टोल शिल गरिएको छ । वाड नं. १ का एकै परिवारका ७ जनामा कोरोना संक्रमणको पुष्टि भए पछि सहिद स्कुल टोल स्थानीयद्वारा शिल गरिएको हो ।

गाईघाटको नामले पनि परिचित उक्त ठाउँको सबै प्रवेशद्वारमा स्थानीयहरूले बासको बार लगाएर बन्द गरेका छन् । वाड नं. २ का वर्ष ४२ का एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भए लगतै उक्त वडाको लालभित्ती, एक साता अगाडी नै शिल गरिएको थियो ।

वडा १ का अध्यक्ष चक्र खुलाल र सदस्य बिन्दुकला गुरुङले सहिद स्कुल टोलवासीलाई उच्च सावधानी अपनाउन अनुरोध गरेका छन् । सहिद स्कुल टोल पुगेरै खुलाल र गुरुङले अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न अनुरोध गरेका हुन।

अध्यक्ष खुलालले घरपरिवारसँग केही समय रहिदिन आग्रह गरेका छन् । कसैमा कोरोना संक्रमितको लक्षण देखिए तत्काल वडा कार्यालय अथवा नगरपालिकामा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

गाईघाट क्षेत्र केराबारी गाउँपालिका र बेलबारी नगरपालिकाको सीमामा पर्ने भएकोले केराबारीलाई पनि जोखिम बढेको छ । गाईघाटको पश्चिम तर्फ केराबारी वाड नं. ९ भएकोले छिमेकी पालिकाका स्थानीयलाई पनि उच्च सावधानी अपनाउन अध्यक्ष खुलालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्