नेपालमा आज थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २७,२४१ पुग्यो


काठमाडौं, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ५८१ जना कोरोना संक्रमित थपिएको छ । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले जानकारी गरेका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । आज १६० जना कोरोना संक्रमित निको भएका छन् भने अहिलेसम्म निको हुनेको कुल संख्या १७ हजार ४ सय ९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्