बेलबारीमा एकै परिवारका ७ जनासहित १० जनामा कोरोना संक्रमण पुष्टि


बेलबारी, १ भदौ । बेलबारीमा आज थप १० जनामा संक्रमण पुष्टि भएको छ । एकै परिवारका ७ जना सहित १० जनामा संक्रमण पुष्टि भएको हो ।

बेलबारी स्वास्थ्य शाखाका अनुसार बेलबारी वडा नं. १ का वर्ष १३, १६, १८, ३७, ६६, वडा नं. १ का वर्ष ३५ का महिला र वर्ष ४९ पुरुष एकै परिवारका, वडा नं. २ का वर्ष १२ का सोही परिवारका भान्जा, छिमेकी १९ वर्ष महिला र २९ का पुरुषको धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणबाट रिर्पोट पोजेटिभ आएको बेलबारी स्वास्थ्य शालाले जनाएको छ । बेलबारी शाखाले साउन २९ गते स्वाब परीक्षणको लागि पठाएको थियो ।

संक्रमित छिमेकी दुई जना श्रीमान् र श्रीमती रहेको बेलबारी स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सन्तोष वि.कले जनाएका छन् । बेलबारी २ का ४२ वर्षका पुरुष संक्रमित भएका पछि कन्ट्याक ट्रेसिङबाट गरिएको स्वाब परीक्षणबाट १० जनामा संक्रमित देखिएको हो ।

४२ वर्षका उक्त पुरुषमा संक्रमण पुष्टि हुनु अघि बेलबारी वडा नं. १ मा रहेको उनको मूल घरमा परिवार तथा छिमेकीहरूसँग भेटघाट गरेका थिए । विराटनगर स्थित न्युरो अस्पताल बिरामी दाइलाई हेर्न बसेका थिए ।

न्युरोका डक्टरमा नै कोरोना संक्रमण देखिए पछि उनको पनि पीसीआर परीक्षणमा रिर्पोट पोजेटिभ देखिएको थियो । हाल उनी कोभिड ट्रिटमेन्ट सेन्टर गोटगाउमा छन् । उनको ४५ वर्षका बिरामी दाइको परिवारको नै पीसीआर गरिएको थियो । दाइको परिवारको ४ सदस्यको रिर्पोर भने नेगेटिभ आएको छ ।

अहिले बेलबारी क्वारेनटाइनमा ३३ पुरुष र ४ महिला गरी ३७ जना रहेको सन्तोषले जानकारी दिएका छन् । १० जना सहित बेलबारीमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । अहिले सम्म ४ जना निको भएर घर फर्किसकेको सन्तोषले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्