नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहसँग आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्ष तथा सहकार्य विस्तारका विषयमा छलफल भएको हो ।
भेटमा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ ।


