एकता बचत तथा ऋण सहकारीको १०औँ अधिवेशन सम्पन्न : चन्द्रकुमारी लिम्बुको नेतृत्वमा नयाँ समिति


बेलबारी । बेलबारी नगरपालिका-१ मा रहेको एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ अधिवेशनबाट चन्द्रकुमारी लिम्बुको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको ३२औँ साधारणसभा तथा १०औँ अधिवेशन शनिवार बेलबारी-१ स्थित तमु बौद्धिष्ट गुम्बामा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष मुनु राईको अध्यक्षतामा आयोजित अधिवेशनको खुला सत्रमा संस्थाको प्रगति, सहकारीका गतिविधि तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो । अधिवेशनको निर्वाचन प्रक्रिया निर्वाचन समितिका संयोजक कुन्ती गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो ।

अधिवेशनबाट अध्यक्ष पदमा चन्द्रकुमारी लिम्बु निर्विरोध निर्वाचित भएकी छन् । नयाँ सञ्चालक समितिको उपाध्यक्षमा शकुन्तला सुवेदी, सचिवमा उषा तामाङ, सहसचिवमा अञ्जना राई र कोषाध्यक्षमा राधा लिम्बु चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सीताकुमारी राई, अञ्जना मास्के, सीता राई, सरिता चौधरी चयन भएका छन् ।

यसै गरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सनम खतिवडा चयन भएका छन् । समितिका सदस्यहरूमा प्रकाश गिरी, तुलसी राई र आशा चौधरी रहेका छन् ।

निर्वाचन समितिका संयोजक कुन्ती गुरुङ, सचिव सीताकुमारी खुलाल र सदस्य तिर्सना राई सम्मिलित समितिले निर्वाचनसम्बन्धी प्रक्रिया सञ्चालन गरेको थियो । संस्थाको ३२औँ साधारणसभा तथा १०औँ अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालका लागि संस्थाको जिम्मेवारी नयाँ समितिलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्