नेपाल एस.बि.आई. बैंक बेलबारी शाखाद्वारा सहिद स्मृति आ.विलाई शैक्षिक पोसाक सहयोग


बेलबारी । नेपाल एस.बि.आई. बैंक बेलबारी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सहिद स्मृति आधारभूत विद्यालयलाई शैक्षिक पोसाक तथा न्यानो सामग्री सहयोग गरेको छ । बेलबारी नगरपालिका-१ स्थित विद्यालय परिसरमा शुक्रवार आयोजित एक कार्यक्रमबिच बैंकले अध्ययनरत विद्यार्थीहरूका लागि ५० जोडी जुत्ता र ५० जोडी न्यानो ट्र्याकसुट हस्तान्तरण गरेको हो ।

विद्यालयलाई बैंकका बेलबारी शाखाका प्रमुख दीपक दाहालद्वारा जुत्ता र न्यानो ट्र्याकसुट हस्तान्तरण गरिएको हो । बालबालिकाको पठनपाठनलाई सहज र प्रेरणादायी बनाउन सहयोग सामग्री प्रदान गरिएको दाहालले बताए । विद्यालय व्यवस्थापन समितिले बैंकको सहयोगले विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा आवश्यक न्यानो सामग्रीको अभाव नहुने र पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्