मोरङमा नख्खु कारागारबाट फरार कैदी निपुन गुप्ता पक्राउ


मोरङ । नख्खु कारागार, काठमाडौँबाट जेनजी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते फरार भएका अपहरण तथा शरीरबन्धक मुद्दामा कैद सजाय भोगिरहेका ५५ वर्षीय निपुन गुप्ता पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई विराटनगर महानगरपालिका-७ मा लुकीछिपी बसेको अवस्थामा २०८२ मङ्सिर २२ गते पक्राउ गरेको हो ।

गुप्ता भारतका मनोरला गुप्ताका छोरा हुन् । उनलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले पत्रसहित मोरङ कारागार पठाएको जनाइएको छ ।

प्रहरीका अनुसार फरार अभियुक्तलाई प्रहरीले केही समयदेखि निगरानीमा राख्दै आएको थियो । समातिएको स्थान र सम्बन्धित व्यक्तिहरूबारे पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्