मोरङ । मोरङको रतुवामाई नगरपालिका-१ हटियाडाँडा नजिकै प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा फेला पारेको छ ।
२१ गते अन्दाजी साँझको ४ बजे सोनापुरतर्फ गइरहेको प्र.१–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शङ्का लागेर रोकेर जाँच गर्दा ट्रकको डाला भित्र फल्स डाला बनाई लुकाइ-छिपाइ राखिएको अवस्थामा ६७८ किलो गाँजा बरामद गरिएको हो ।
प्रहरीले ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-२ का समेल राई र ट्रकका धनी विक्रम विशुङ्खेलाई घटनास्थलमै नियन्त्रणमा लिई सिजुवा प्रहरी कार्यालयमा ल्याएको जनाएको छ।
बरामद गरिएको गाँजा हाल अदालतको आदेशअनुसार सिल गरी राखिएको छ भने पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी छ।


