समस्याग्रस्त सहकारी कार्यालयको बदमासी, सहकारी ठगलाई सफाइ दिँदै जेलमुक्त 


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारी ठगलाई जेलमुक्त गराएको पाइएको छ ।

ललितपुर जिल्ला अदालतले थुनामा पठाएको व्यक्तिलाई कार्यालयको पत्रका कारण सर्वोच्च अदालतले धरौटीमा रिहा गरेको हो ।

जिल्ला अदालत ललितपुरले समस्याग्रस्त कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अनियमिततामा सहभागी भएको स्वीकार गरेपछि उक्त सहकारीका प्रशासन प्रमुख तथा प्रबन्धक सजना राजकर्णिकारलाई जेल सजाय तोकेको थियो ।

राजकर्णिकार सोही सहकारीका अध्यक्ष तेजविक्रम थापाकी श्रीमती हुन् । थापा दम्पतीले संस्थाको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको स्वीकारेको विवरण जिल्ला अदालत ललितपुरको थुना आदेश पर्चामा उल्लेख छ ।

त्यस्तै कृषि सहकारीको तत्कालीन मेगा बैंकमा खाता खोल्दा राजकर्णिकार प्रबन्ध निर्देशकमा रहेको अदालती विवरणले देखाएको छ । यो दम्पतीले १३ प्रतिशत ब्याज दिने भन्दै बचतकर्ताको बचत लिई गैरकानुनी रूपमा विनाधितो लगानी गरेको देखिन्छ । सञ्चालकले मनपरी हिसाबमा बचत दुरुपयोग गरेपछि बचतकर्तालाई रकम फिर्ता गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्