ठुलो परिमाणमा गाँजा सहित १ जना पक्राउ


सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ बाट ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ । असोज १९ गते राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीको गस्ती टोलीले धानबारी भित्र प्लास्टिकका १३ वटा बोरामा लुकाई छिपाई राखिएको ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा फेला पारेको हो ।

बरामद गाँजासँगै सो स्थानका ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार यादव ओसार-पोसारमा संलग्न रहेको शंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्