मोरङ । अविरल वर्षाका कारण उत्पन्न बाढी र डुबानले मोरङ जिल्लाका विभिन्न स्थान उच्च जोखिममा परेको बेला प्रहरी उपरीक्षक कवित कटुवालको नेतृत्वमा रहेको टोलीले निरन्तर उद्धार कार्य गरिरहेको छ।
कटुवाल स्वयं अग्रपंक्तिमा खटिएर प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै राहत तथा आवश्यक सहयोग गरिरहेका छन् ।


