प्रहरीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ


काठमाडौँ । सडक सुरक्षाको जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीप्रति अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला, ग्याङ्लेख गाउँपालिका–५ घर भई हाल काठमाडौँको बबरमहल बस्ने ३६ वर्षीय नेवाङ तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट नियन्त्रणमा लिइएको तामाङले ड्युटीमा खटिएका प्रहरीसँग अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार, चाडपर्व नजिकिँदै गर्दा राजधानीमा सडक सुरक्षासम्बन्धी सतर्कता बढाइएका बेला प्रहरीलाई अवरोध पुर्‍याउने कार्यलाई गम्भीरतापूर्वक लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्