सगरमाथा इङ्ग्लिस स्कुलको ३० औँ वार्षिकोत्सवमा पूर्व विद्यार्थी भेला सम्पन्न


बेलबारी (मोरङ) । सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी–१ मोरङले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा ‘प्रथम पूर्व विद्यार्थी भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा करिब ७० जना पूर्व विद्यार्थी र ६ जना पूर्व शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ ।

एसएलसी÷एसईई सहभागिताको रजत वर्ष र नेपाली चाडपर्वलाई अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले विद्यार्थी जीवनका अविस्मरणीय क्षण र शैक्षिक यात्राबारे अनुभव बाँडेका थिए । सरकारी सेवामा कार्यरत निशिप निरौला, उद्योग व्यवसायी नवराज सुवेदी, सेना–प्रहरीतर्फ नेवाहाङ राई, प्राध्यापक ई. राजु अन्सारी, विद्यार्थी नेतृत्वतर्फ दीपक गुरुङ, चिकित्साविज्ञानतर्फ दीक्षा खड्का, स्कुलका पूर्व शिक्षकहरूमध्येका पूर्व विद्यार्थीहरूको तर्फबाट दिवस तामाङ र निजी क्षेत्रतर्फ समीक्षा घिमिरेलगायतले आफ्नो अनुभव बाडेका थिए ।

पूर्व शिक्षक फणीन्द्र विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सञ्चामाया लिम्बू र पत्रकार अरुण बरालले विद्यालयको प्रगतिमा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमले पूर्व विद्यार्थी र संस्थाबिचको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पूर्व विद्यार्थी देवीप्रसाद भट्टराई, योगेन राई, समीर बस्नेत, जोसन खुलाल, अङ्कित सुवेदी, देवराज महतो र सञ्जय राईले विद्यार्थी जीवनका रमाइला प्रसङ्गहरू स्मरण गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा सम्पन्न भएको हो । संयोजक शिक्षक रेखा सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् भने निर्देशक लेखबहादुर धिमालले धन्यवाद मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल इरनकुमार राईले गरेका हुन ।

प्रिन्सिपल राईका अनुसार सगरमाथा इङ्ग्लिस स्कुल २०५२ पुस १० गते स्थापना भई २०५८ सालदेखि एसएलसी÷एसईई सञ्चालनमा आएको हो भने २०८० सालदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन प्रारम्भ गरेको छ । हालसम्म सात सयभन्दा बढी विद्यार्थीले विद्यालयबाट अध्ययन पुरा गरी विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्