धरानका मेयर साम्पाङ : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, म जेन्जीको माग पूरा गर्छु’


धरान । धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले जेन्जी आन्दोलनको मर्म र मागअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

साम्पाङले भनेका छन्, “सुशीला जी तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नुभएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर !” साम्पाङ जनतामुखी अभिव्यक्ति र सीधासिधा टिप्पणीका कारण चर्चामा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्