विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा बेवारिसे अवस्थामा रहेका अवैध माछा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार गस्तीमा खटिएको प्रहरी टोलीले बसपार्क नजिकै करिब ९० के.जि. माछा फेला पारेको हो। ती माछा कसको हुन् भन्ने पत्ता नलागेपछि प्रहरीले तत्काल नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गर्दै नष्ट गरेको जनाएको छ।
प्रहरीले अवैध माछा कारोबार नियन्त्रण तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको बताएको छ। प्रहरीले चाडपर्वको समयमा खाद्यान्न, मासुजन्य पदार्थ लगायतका सामग्रीमा कालोबजारी र अवैध कारोबारको गतिविधि बढ्ने भएकाले निगरानी कडा पारिएको जानकारी गराएको छ।