विराटनगर । विराटनगर महानगरपालिका–१४, जतुवास्थित राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज ८ गते बेलुकी करिब १० बजे गरिएको छापामारीमा उनीहरूलाई नगद ८५ हजार ९८५ रुपैयाँ र तीन थान मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।