मोरङ, १९ असार । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ । बेलबारी वाड न. ५ का वर्ष २२ का एक युवकमा कोरोना संक्रमित देखिएको हो ।
बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको दिल्लीबाट घर फर्केका उक्त युवक असार ९ गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । १८ जनाको स्वाब सङ्कलन गरेर असार १७ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो ।
पिसिआर विधिबाट भएको परीक्षणमा १७ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिर्पोट आएको बेलबारी स्वास्थ्य शाखाले जनाएको छ । अहिले बेलबारी क्वारेनटाइनमा ५० जना रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
बेलबारी क्वारेनटाइनबाट ९९ जना घर फर्किएका छन् भने १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाका सन्तोष विश्वकर्माले जनाएका छन् । बेलबारीवासीलाई अझ धेरै सावधान रहन बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका कुमारी पराजुलीले आग्रह गरेकी छन् ।