चोरीको औँठीसिक्री सहित दुई जना, बन्दुक सहित एक पक्राउ


बेलबारी / हिरा जडित औँठी सिक्री सहित चोरीमा संलग्न २ जना र अवैध हतियार बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

मोरङको बेलबारी नगरपालिका वाड नं. ४ बस्ने अमृत गुरुङको घरबाट भाद्र १५ गते राती १२ बजे परिवार सबै सुतेको अवस्थामा रु.७ लाख ५० हजार बराबरको हिरा जडित औँठी र १ लाख ५० पर्ने सिक्री चोरी भएको थियो । बेलबारी इलाका प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दौ औँठी र सिक्री सहित चारीमा संलग्न बेलबारी वाड नं. १ बस्ने सुरज गुरुङ र बेलबारी ३ बस्ने कौसीराज राई साथै बरुवाबन्दु र जङ्गली जनवार मृगको छाला सहित सुन्दरहरैचा नगरपालिका वाड नं. ७ का निरसिंह राईलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौमा गएर चोरीको घटना पछि फरार भएका सुरज गुरुङ र बेलबारी ३ बस्ने कौसीराज राईलाई लुकीछिपी बसेको अवस्थामा असोज ७ गते सुनसरीको इटहरी उपमहानगरपालिका वाड नं. २० का लालकुमारी राई सहित पक्राउ गरेको ई.प्र.का प्रमुख राम कुमार राईले बताएका छन् । उनीहरूलाई म्याद थप गरी अनुसन्धान भई रहेको प्रमुख राईले बताए ।

निरसिंह राईलाई भने विशेष सूचनाको आधारमा असोज ८ गते घरमा प्रहरीले कानुन बमोजिम खोजतलास गर्दा अवैध भरुवा बन्दुक १ थान र मृगको छाला ३ थान बरामद भए पछि पक्राउ गरेको ई.प्र.का प्रमुख राईले बताए । नरसिंहलाई आवश्यक कारबाहीको लागि म्याद थप भई अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्