बेलबारीको होल्डिङ एरियाबाट ५ जना घर फर्किए


मोरङ, २६ जेठ । बेलबारी नगरपालिकाबाट आइतबार ५ जना क्वारेनटाइनबाट बिदा भएका छन् । बेलबारी वाड नं. १० तयार गरिएको होल्डिङ एरियाबाट ११ दिनको क्वारेनटाइनको बसाई पछि ५ जना पुरुष घर फर्केका हुन ।

बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले फुलको गुच्छा सहित शुभकामना प्रदान गर्दै बिदा गरेकी छन् । उपप्रमुख पराजुलीले घर फर्किएर पनि होम क्वारेनटाइन रहन र नेपालमा पनि बढ्दो कोरोना संक्रमण भएकोले थप उच्च सावधानी अपनाएर बस्न आग्रह गरेकी छन् ।

पिसिआर विधिबाट परीक्षण गर्दा ५ जनाको रिर्पोट नेगेटिभ आए पछि आइतबार घर फर्केको बेलबारी नगरको स्वास्थ्य शाखाले जनाएको छ । घर फर्केका सबै भारतबाट आएको बेलबारी नगरका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सन्तोष विश्वकर्माले बताए ।

उनीहरू थप ७ दिन सम्म होम क्वारेनटाइनमा बस्ने सन्तोषले जनाएका छन् । घर फर्कने सबैलाई होम क्वारेनटाइनमा बस्नलाई पनि अनुरोध गरेको सन्तोषले बताएका छन् । सन्तोषका अनुसार क्वारेनटाइनमा रहेका ३२ जनामा मध्य ५ जना घर फर्केका हुन ।

 

प्रतिक्रिया दिनुहोस्