बेलबारीमा गरिएको कोरोना परीक्षणको रिपोर्ट सबै नेगेटिभ


बेलबारी, ४ जेठ / मोरङको बेलबारी नगरपालिकाले शनिवार ५ जनाको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (किट)को प्रयोग वाट कोरोनाको परीक्षण गरेको छ । यो सँगै बेलबारीमा १ सय ९ जनाको किटको प्रयोगबाट परीक्षण गरेको छ भने १३ जनाको पिसिआरको माध्यमबाट परीक्षण गरिसकेको छ ।

विभिन्न देशबाट नगरपालिकामा आएकाहरूको परीक्षण गरिएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट समेत नेगेटिभ आएको छ । बाह्य देश तथा संक्रमित जिल्लाहरूबाट आएकाहरूको परीक्षण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्