उद्घाटन खेलमा चर्च ब्याईज विजयी


बेलबारी, भाद्र २३ । मोरङको बेलबारीमा शनिवार भएको अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकपको उद्घाटन खेलमा चर्च ब्वाईज युनाईटेड, काठमाडौँ विजयी भएको छ ।

बेलबारी नगरपालिकाको वाड नं. ११ स्थित डाँगीहाट खेल मैदानमा शनिवार भएको प्रतियोगिताको पहिलो खेलमा चर्च ब्वाईज युनाईटेट, काठमाण्डौँले धनकुटा फुटबल क्लबलाई ५–३ गोलको अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाईजको तर्फबाट सेतो जर्सी नं. १७ का नीरज बस्नेतले खेलको १६ मिनेटमा जर्सी नं. १६ का खेलाडी अरुण श्रेष्ठको कर्नर बललाई गोलमा परिणति गरेका थिए । जर्सी नं. ११ का खेलाडी जाङ्बु शेर्पाले २६ औँ मिनेटमा र ३८ औँ मिनेटमा जर्सी नं.१७ का नीरज बस्नेतको फ्रिकिक प्रहारलाई जर्सी नं. २१ का भुवन बस्नेतले गोल एक एक गोल गरेका थिए । ४८ औँ मिनेटमा जर्सी नं. ७ का सुनिल खड्काले १ गोल र ६७ औँ मिनेटमा नीरज बस्नेतको फ्रिकिक पासलाई जाङ्बु शेर्पाले हेड मार्फत थप निर्णायक १ गोल गरी चर्च ब्वाईजको तर्फबाट ५ गोल भएको थियो ।

६३ औँ मिनेटमा धनकुटा फुटबल क्लबले रातो जर्सी नं.२ का विवश लिम्बुले गरेको पासबललाई जर्सी नं.९ का वर्तमान राईले पहिलो गोल गरेका थिए । ६८ औँ मिनेटमा जर्सी नं. १६ का दिपेन तामाङले १ गोल गरेर आफ्नो टिमलाई थप राहत दिएका थिए । चर्चका पासाङ लामाले धनकुटाका वर्तमान राईलाई फउल गरेपछि धनकुटाले पेनाल्टी पाएको थियो । वर्तमानले प्रहार गरेको पेनाल्टी चर्चका गोलरक्षक विवश चौधरीले फर्काएदिएपछि रिवाण्ड भएको बललाई गोलमा परिणत गरेका हुन् । इन्जुरी समयमा वर्तमान राईले थप गोल गरेका थिए । तर धनकुटा ३ गोलमा नै सीमित रहेर २ गोलको अन्तरले पराजित स्विकार्नु परेको थियो । खेलको म्यान अफ दी म्याच चर्च ब्वाईजका जाङ्बु शेर्पा घोषित भएका छन् ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार र उपविजेताले १ लाख २ हजार नगत पुरस्कार प्राप्त गर्ने छ । गोल्डकप ३० गते सम्म हुनेछ । गोल्डकपको उद्घाटन समारोह डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईको अध्यक्षतामा सम्पन्न भएको हो । दोस्रो खेल आइतबार आयोजक डाँगीहाट युथ क्लब र झापाको बिर्तामोड युनाईटेड बिच हुने छ ।

https://youtu.be/lpXiaZahLqw

प्रतिक्रिया दिनुहोस्