सिमाना बन्द भएपछि करिब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र


झापा, १० चैत । मन्त्रिपरिषद्को निर्णयअनुसार आज बिहान १० बजेदेखि सिमाना बन्द भएपछि नेपाल प्रवेश गर्ने करिब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् ।

पूर्वी नाका काँकडभिट्टाको सिमाना बन्द भएपछि भारतका विभिन्न शहरबाट मजदुरी गरेर फर्कने तथा विद्यार्थीहरू अलपत्र परेका हुन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार सरकारको स्पष्ट निर्देशन नआएसम्म आफूले केही गर्न नसकिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्