ललितपुरबाट विप्लव समूहका ६ जना पक्राउ


ललितपुर, १० चैत । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका ६ जनालाई ललितपुरको मानभवनबाट पक्राउ गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ का माइला दाइ जयन्द्र चन्द , विनोद चन्द, प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगर रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई जानकारी दिएका छन् ।

उनीहरूलाई ललितपुरको मानभवनबाट आइतबार राति पक्राउ गरिएको एसएसपी राईले बताएका छन् । उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको एसएसपी राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्