मन्त्रिपरिषद्को बैठक आज बस्दै


काठमाडौँ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को बैठक डाकेका छन् ।

मन्त्रिपरिषद्को आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा गर्ने स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको जनाइएको छ । मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमणकै सन्दर्भमा केही महत्त्वपूर्ण निर्णयहरू समेत गर्ने स्रोतले जनाएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई सङ्क्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट, छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद् बैठक बसेको थिएन । नेकपा सचिवालय बैठक समेत यसबीचमा एक पटक मात्र बसेको छ ।

प्रतिक्रिया दिनुहोस्