फ्रान्सबाट आएकी नेपाली विद्यार्थीमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ


 काठमाडौँ, १० चैत । फ्रान्सबाट आएकी १९ बर्षीया नेपाली विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

सोमबार आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रान्सबाट कतार हुँदै मङ्गलवार नेपाल आएकी युवतीमा कोरोना भाइरसको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभत्त ढकालले जानकारी दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । साथै उनीसँग भेटेका व्यक्तिहरूलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी गराइएको छ । ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन भन्ने स्पष्ट पारिएको छैन ।

अन्तर्राष्ट्रिय उडान, लामो दुरीका यातायता र नाका बन्द गरेर सङ्क्रमण फैलिन नदिन पनि आवश्यक रणनीति तय गरिएको सम्मेलनमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्