तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


दमौली ,९ चैत । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान ग१ख ४९०० नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जनाएका छन् ।

मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेका बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको नायव उपरीक्षक लामिछानेलेबताए । उनले भने अगाडिको सिटमा बसेकी युवती झ्यालको सिसा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ ।
दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्