काठमाडौँमा बढी भाडा लिने १७ जना चालक पक्राउ


काठमाडौँ, ९ चैत । कोरोना भाइरस (कोभिड १९) को मौका छोपेर बढी भाडा लिने १७ जना चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी आफै यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि ती चालकलाई कारबाही गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र सङ्ग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जारबहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, विजय तामाङ, नील बुढाथोकी, सञ्जीव भण्डारी, प्रदीप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ छन् ।
प्रमुख ढकालले सादा पोसाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको बताउनुभयो । यसका लागि महाशाखाले पीडित सहायता इकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको टोलीलाई परिचालन गरेको थियो ।

गाडी चढ्नुअघि कतिपय यात्रुलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्