गुल्मीमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु


गुल्मी, ८ चैत । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका –३, ठूलोलुम्पेकमा चट्याङ्ग लागेर आज (शनिवार) बिहान एक महिलाको ज्यान गएको छ ।

ज्यान जानेमा ३७ बर्षीया होमकला श्रीसको चट्याङ्ग लागेर ज्यान गएको हो । गए राति चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पु¥याइएकी श्रीसको उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी दीपेन्द्र जिसीले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्