कोरोना भाइरसको अडियो गलत प्रचार गरेको अभियोगमा थापा पक्राउ


 काठमाडौँ, ८ चैत। कोरोना भाइरसको सङ्क्रमणबारे अडियो म्यासेन्जरमा गलत प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेको छ ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोस्ट गरेका थिए ।

नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट सङ्क्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्