प्रधानमन्त्री ओलीले आज साँझ जनतालाई सम्बोधन गर्दे


काठमाडौँ ,७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ जनतालाई कोरोना विरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सम्बोधन गर्ने भएका छन् ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग बिहान छलफल गरेका प्रधानमन्त्रीले आजै कोरोना विरुद्धको लडाइको पछिल्लो अवस्थाबारे साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्