देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द


काठमाडौँ ,७ चैत । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।बन्दी प्रत्यक्षीकरणका रिटहरूमाथि भने कारबाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरूको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्