पूर्वसञ्चारमन्त्री बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोट गराएको अभियोगमा ३ जना पक्राउ


काठमाडौँ ,७ चैत । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निर्माणाधीन घरमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा, काठमाडौँको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई काठमाडौँका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको प्रमुख सहकुल थापाले जनाएको छ ।

‘विस्फोटको घटनामा संलग्न रहेको भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ,’ अपराध महाशाखा प्रमुख थापाले जनाएको छ ।

पक्राउ पर्ने तीनैजना विप्लव नेतृत्वको नेकपाका मध्यकमान्डअन्तर्गतका हुन् । उनीहरूलाई अहिले टेकुमा राखिएको छ । विस्फोटबाट बास्कोटाको निवाससँगै उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्