नेपालमा आज बिहान ७ः१८ बजे ६ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का


काठमाडौँ, ७ चैत । तिब्बतलाई केन्द्रबिन्दु बनाएर आज (शुक्रवार) बिहान ७ः१८ बजे ६ दशमलव २ रेक्टर स्केलको भूकम्पले नेपाललाई झस्काएको छ ।

चीनको लप्चे भन्ने ठाउँलाई केन्द्र बनाएर आज बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी पहाडको ताप्लेजुङ, सोलुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पले क्षति भए नभएको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्