गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु , दुई जना घाइते


गुल्मी ,६ चैत । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपका चालक धुर्कोट गाउँपालिका–६ का २४ वर्षीय मनिस जिसी रहेका छन् । तुराङ्ग पिपलपाटा जाँदै गरेको जिप बिहीबार दिउँसो पल्टिएर दुर्घटना भएको गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताएका छन् ।

दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिशिर गौतम गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको उनले बताए । जिप दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्