प्रधानाध्यापक घूस लिएको आरोपमा पक्राउ


जनकपुरधाम ,५ चैत । मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापकले २ हजार रुपैयाँ घूस लिएको आरोपमा पक्राउ परेको छ ।

विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएका प्रधानाध्यापक महेन्द्र मेहतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधवार पक्राउ गरेको छ ।

भोलि बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए । सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्