महोत्तरीमा तीन दिनमा पाँच जना मृत्यु


 महोत्तरी, ५ चैत । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा अचानक बिरामीको उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेपछि पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ ।

नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गङ्गा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताए ।

उनका अनुसार गत मङ्गलवारदेखि एक्कासि बिरामी भएर भटाभट भएको उनीहरूको मृत्युले पुरै मनरा गाउँवासी आतङ्कित भएका छन् । उनीहरूको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

मृत्यु हुने पाँचमा चार जना दलित र एक जना उच्च जातिका रहेका छन् तर उनीहरूको मृत्यु भने विषाक्त उनका अनुसार उपचारमा संलग्न चिकित्सकले उनीहरूको मृत्यु मदिरा सेवनबाट भएको बताएका छन् । महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उनीहरूको मृत्यु मदिरा सेवनबाट नभई अर्कै कारणले भएको हुनसक्ने आशङ्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्