स्पेनिस फुटबलका कोच गार्सियाको कोरोना भाइरसका कारण निधन


काठमाडौँ, ४ चैत । कोरोना भाइरस सङ्क्रमणका कारण स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको शनिवार २१ वर्षको उमेरमा निधन भएको छ ।

मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना सङ्क्रमित गार्सियाको मृत्यु भएको छ । गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना सङ्क्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।

तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना सङ्क्रमणबाट मलागा क्षेत्रमा सिकार हुने उनी पहिलो युवा र पाँचौँ व्यक्ति हुन् । गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्