चितुवाको आक्रमणले एक बालिका घाइते


तनहुँ, ४ चैत । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिकालाई चितुवाको आक्रमणले घाइते भएकी छन् ।

घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

घरमै रहेका बुबा आमाले होहल्ला गरेपछि चितुवा भागेको थियो । छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ, प्रहरी निरीक्षक रेग्मीले भने, होहल्लापछि थप घटना हुन पाएन ।

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। जिल्लामा चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्