काठमाडौँमा मास्कको कृत्रिम अभाव सिर्जना गर्ने्विरुद्ध प्रहरी आक्रामक


काठमाडौँ ,२ चैत । कोरोनाको संक्रमणका कारण काठमाडौँमा मास्कको कृत्रिम अभाव सिर्जना गर्ने्विरुद्ध प्रहरी आक्रामक बनेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशङ्कामा विशेष अपरेसन चलाएको हो । जसअनुसार शनिवार ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।अपरेसनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ ।

कपन क्षेत्रमा प्रहरीले चलाएको यो अपरेसनमा एक लाख ६८ हजार मास्क बरामद भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । यस क्रममा ७ जना पक्राउ पनि परेका छन् । उनीहरूको परिचय खुलाइएको छैन ।

शनिवार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनीश कार्की, उज्ज्वल अधिकारी, काभ्रे रोशी(९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्