सिरहामा अनौंठो किसिमको सवारी दुर्घटना


जनकपुरधाम ,२ चैत । जिल्ला समन्वय समिति सिरहाको स१झ ९१ नम्बरको जिप गुडिरहेकै बेलामा आइतबार दिउँसो अनौंठो किसिमको सवारी दुर्घटना भएको छ ।

गुड्दै गरेको गाडीको टायर खुलेर २०० मिटर टाढासम्म पुगेको हो । सदरमुकाम नजिकै टायर एक्कासि खुलेको गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजीव झाले बताएका छन् । झा उक्त गाडीमा आफ्नो घर राजविराजबाट सिरहातर्फ आइरहेका थिए । ‘सिरहा सदरमुकाम पुग्न झन्डै २ किलोमिटर बाँकी रहँदा एक्कासि अगाडिको दाहिने साइडको टायर खुल्यो,’ झाले भने, ‘उक्त टायर खुलेर २ सय मिटर टाढा खेतमा पुग्यो ।’

उनले गाडी चालक गौतम आले मगरको सुझबुझका कारण कुनै ठुलो दुर्घटना नभएको र आफूहरू सकुशल रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्