म्याग्दीमा चट्याङ लागेर दुई जनाको मृत्यु


काठमाडौँ, २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिवार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

२६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेद्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

मृतक पुन र गर्बुजा छिमेकी हुन् । यसैबिच शनिवार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्