प्रधानमन्त्री ओली भेट्न नेकपा अध्यक्ष दाहाल बालुवाटारमा


काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओली शुक्रवार नै महाराजगन्जस्थित शिक्षण अस्पतालबाट डिस्चार्ज भएका थिए ।

प्रचण्डले शनिवार बिहानै बालुवाटार पुगेर ओलीको स्वास्थ्य अवस्था बारे जानकारी  लिएको हो । प्रचण्डले प्रधानमन्त्रीलाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । उनले भने, ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनकै लागि भेट गर्न आउनु भएको थियो । उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नु भएको छ ।

’प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्रीसँग आधा घण्टा कुराकानी समेत गरेका थिए ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने अघिल्लो दिन २१ गते पनि प्रचण्डले अस्पताल पुगेरै स्वास्थ्य स्थिति बारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्